Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

नयाँ लाइसेन्समा फिचर परिवर्तन: चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिने

admin
admin
November 16, 2025
लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

Oplus_16908288

600
SHARES
ShareTweetSubscribe

३० कार्तिक,काठमाडौं । कात्तिक २१ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य सुरू गरेको ९ दिन बितिसक्दा पनि छापिएका लाइसेन्स यातायात व्यवस्था विभागमा आइपुगेका छैनन् ।

मन्त्रीले दैनिक करिब ५०० वटा लाइसेन्स छाप्ने बताए पनि अति आवश्यक परेका सेवाग्राहीहरू कहिलेबाट वितरण हुन्छ भनेर अझै अलमलमा छन् ।

​ ल्याब टेस्टमा गुणस्तर जाँच

​मन्त्रीलाई लगेर लाइसेन्स प्रिन्टको आरम्भ गरेको केन्द्रले अहिले छापिएका लाइसेन्सको ल्याब टेस्ट गरिरहेको जनाएको छ। नेपालको ल्याब टेस्टले नपुगेमा विदेश नै ल्याब टेस्टका लागि पठाउने केन्द्रले बताएको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले नेपाल प्रेससँग कुरा गर्दै लाइसेन्स काठमाडौं युनिभर्सिटी (केयू) को ल्याब टेस्टका लागि पठाइएको जानकारी दिए ।

उनले भने, ‘हामीले छपाइ गरेको लाइसेन्स केयूको ल्याब टेस्टको लागि पठाएका छौँ । नयाँ लाइसेन्सको टिकाउपनको जाँचका लागि विश्वविद्यालयको ल्याबमा पठाएका हौँ । प्रिन्टिङ कार्य सुरु भए पनि छापिएका नमुनाहरूको गुणस्तर जाँचका लागि पठाइएको हो ।’

​ढुङ्गानाका अनुसार, पानी, तेलमा राखेर डुबाउने, डीप फ्रिजरमा राखेर समेत परीक्षण गरिनेछ । परीक्षणको मुख्य उद्देश्य लाइसेन्स कति वर्षसम्म नखुइलिने वा टिक्ने भन्ने कुराको ग्यारेन्टी गर्नु हो । आवश्यकता परेको खण्डमा विदेशमा पनि ल्याब टेस्टको लागि पठाउन सकिनेछ ।

​ विभागले थप ‘डाटा’ दिएन

​यातायात व्यवस्था विभागमा नयाँ लाइसेन्स प्रिन्ट कहिलेबाट हुन्छ भनेर सोध्न आउने सेवाग्राहीलाई विभागले ‘१० दिनपछि हुनसक्छ’ भनेर पठाइरहेको छ । केन्द्रलाई छपाइका लागि दिएको ५०० लाइसेन्स विभागमा नआएपछि कहिलेबाट आउने हो भन्ने विभागका कर्मचारी नै अलमलमा रहेका छन् ।

​विभागले भने पहिलो चरणमा केन्द्रलाई दिएको ५०० प्रति लाइसेन्स छपाइ भएर नआएकाले थप तथ्याङ्क (डाटा) नदिएको जनाएको छ । आईटी डाइरेक्टर केशव खतिवडाले सुरुको चरणमा दिएको ५०० लाइसेन्स छपाइ भएर नआएकाले थप तथ्याङ्क दिन बाँकी रहेको बताए ।

खतिवडाका अनुसार, विभागको प्रणालीमा भएको तथ्याङ्क सिधै केन्द्रको प्रणालीले पढ्न (रिड गर्न) नसक्ने भएकाले त्यसलाई छुट्टै तथ्याङ्क बनाएर दिनुपर्ने हुन्छ । उनले भने, ‘पहिलो लटमा छपाइको लागि दिएको लाइसेन्स छापिएर आएपछि हामी पुनः अरू तथ्याङ्क दिने छौँ ।’

मन्त्रीले सार्वजनिक रूपमा स्याम्पल देखाएको अघिल्लो दिन नै प्रिन्ट गरेर परीक्षणका लागि पठाइएको थियो । हाल यातायात व्यवस्था विभागबाट थप डाटा उपलब्ध गराउन माग गरिएको ढुङ्गानाले बताए ।

​ ३० लाख लाइसेन्स छाप्न बाँकी, बजेट अपुग

​हाल करिब ३० लाख लाइसेन्स प्रिन्ट गरेर दिन बाँकी रहेको छ । अति आवश्यक परेकालाई कहिलेबाट लाइसेन्स छपाइ गरेर वितरण गर्ने भन्ने टुङ्गो छैन ।

केन्द्रले लाइसेन्स छपाइ गरेर दिएपछि विभागले अति आवश्यक परेकालाई लाइसेन्स वितरण गर्ने बताएको छ । वैदेशिक रोजगारीमा जाने, विदेश अध्ययनका लागि जाने, मिसनमा जाने र नेपालमा पनि अति आवश्यक भएकालाई विभागले तत्काल लाइसेन्स प्रिन्ट गरेर दिन खोजेको थियो ।

​यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बिच जी-टु-जी सम्झौता गरेर लाइसेन्स छाप्ने सहमति भएको थियो । सुरक्षण मुद्रण केन्द्रले प्रति लाइसेन्स छाप्दा कर बाहेक १९५.१७ पैसा शुल्क तोकेको छ ।

यातायात मन्त्रालयले लाइसेन्स छपाइको लागि २७ करोड ६० लाख बजेट दिएको थियो । त्यो बजेटले करिब १२ लाख लाइसेन्स छपाइ हुनेछ । ३० लाख लाइसेन्स छाप्न बाँकी भए पनि अहिले बजेट पर्याप्त नभएकाले १२ लाख मात्रै छपाइ गर्ने विभागको तयारी छ ।

​ लाइसेन्सका फिचरमा परिवर्तन

​विभागले छाप्दै आएको लाइसेन्समा भएको १९ वटा फिचरमध्ये ४ वटा फिचर मुद्रण केन्द्रको छपाइमा हुने छैनन् । विभागले छापेको लाइसेन्समा प्वाल जस्तो देखिने, छाम्दा अक्षर भएको अनुभव हुने र लेखाइमा फरकपन थियो । अब त्यो केन्द्रले छापेको लाइसेन्समा हुने छैन । यस्तै, चिप्सको ठाउँमा क्यूआर कोड प्रयोग हुनेछ ।

Post Views: 3
Previous Post

सोलुखुम्बुमा हवाई टिकटका लागि 'पावर' अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

Next Post

शेख हसिनाविरुद्धको फैसला : बङ्गलादेशमा सुरक्षा कडा, राजनीतिक तनाव उत्कर्षमा

admin

admin

Next Post
शेख हसिनाविरुद्धको फैसला : बङ्गलादेशमा सुरक्षा कडा, राजनीतिक तनाव उत्कर्षमा

शेख हसिनाविरुद्धको फैसला : बङ्गलादेशमा सुरक्षा कडा, राजनीतिक तनाव उत्कर्षमा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.