२९ कार्तिक,बारा । नेकपा एमाले बाराले आज संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकताकाविरुद्ध बृहत् जनप्रदर्शनसहित जनसभा आयोजना गरेको छ।
केन्द्रीय कार्यक्रमअनुसार देशभरका सबै जिल्ला सदरमुकामहरूमा जस्तै बाराको सदरमुकाम कलैयामा वृहत जनप्रदर्शनसहित जनभेला सुरु भएको हो। एमालेको यो कार्यक्रमले संविधानमाथिको खतरा र मुलुकमा बढ्दै गएको राजनीतिक अराजकताको विरुद्ध सशक्त आवाज उठाएको छ ।
जनसभालाई सम्बोधन गर्नका लागि एमालेका केन्द्रीय तथा जिल्लास्तरका नेताहरूको बाक्लो उपस्थिति रहेको छ। एमाले बाराका सचिव अमृत शर्मा बजगाँइले दिएको जानकारीअनुसार जनसभामा नेताहरू ज्वाला साह, पुरुषोत्तम पौडेल, अच्युत मैनाली, बलबिर चौधरी, किसान श्रेष्ठ, एकबाल मिया, मन्जु थापा मगर, सरस्वती चौधरी, सीता सुवेदी, मो. समीर लगायतले बोल्ने कार्यक्रम रहेको छ।
जनसभामा सहभागी हुन बाराका विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरू कलैयामा भेला भएका छन्।









प्रतिक्रिया दिनुहोस् !