२९ कार्तिक,जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले आज मधेश प्रदेशको सुरक्षा रणनीति तयारीका लागि सुरक्षा परिषद्को बैठक गरेका छन् ।
गृह, सञ्चार तथा कानून मन्त्रालयमा जारी यस बैठकमा विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ । बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिहरू सहभागी छन् ।
त्यस्तै, प्रदेशका विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरू समेत सहभागी भई आगामी सुरक्षा योजनाबारे छलफल गरिरहेका छन् । स्मरणीय छ, यस बैठकको केही घण्टाअघि मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गरी आफूमाथि सुरक्षा थ्रेट रहेको सार्वजनिक रूपमा बताएका थिए ।









प्रतिक्रिया दिनुहोस् !