२९ कार्तिक,मकवानपुर । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा शुक्रबार बिहान स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको छ।
ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहेका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले हत्याको आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई घटनास्थल नजिकै कोलगौरीबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको छ।
पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ।









प्रतिक्रिया दिनुहोस् !