२८कार्तिक,जनकपुरधाम । महोत्तरी प्रहरीले औरही नगरपालिका १ का २९ वर्षीय राकेश चौधरीलाई स्थानीय ३९ वर्षीया सरस्वती देवीलाई घरमै चक्कु प्रहार गरेको आरोपमा नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, चौधरीले सरस्वती देवीको टाउको, घाँटी लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट पुर्याएका थिए।
घाइते सरस्वतीको हाल बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले चौधरीमाथि जिल्ला अदालत महोत्तरीबाट ज्यान मार्ने उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।









प्रतिक्रिया दिनुहोस् !