२८ कार्तिक,जाकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले ठूलो कारबाही गरेका छन् ।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका हुन्।
पदमुक्त हुने सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह, जसपाका सांसदहरू मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन्।
यो कारबाही नेपालको संविधानको धारा १८० को उपधारा ‘घ’ बमोजिम गरिएको छ, जसमा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ।
सभामुखले २०८२ कात्तिक २७ गतेदेखि नै उनीहरू प्रदेशसभा सदस्यबाट पदमुक्त भएको र उनीहरूको स्थान रिक्त भएको सूचना प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम प्रकाशित गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !