ईर्साद अन्सारी
२७ कार्तिक,काठमाण्डाैं । सहकारी ठगीको आरोपमा हाल थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र छविलाल जोशी को मुद्दामा उच्च अदालत बुटवलले थप मिसिल (प्रमाण कागजात) झिकाउने आदेश दिएको छ।
बिहीबार उच्च अदालत बुटवलमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्याल को संयुक्त इजलासले मुद्दाको गहिराइमा पुग्नका लागि थप मिसिल झिकाउने आदेश दिएको हो।
यसअघि पनि अदालतले उक्त मुद्दाको प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो। लगातार दोस्रो पटक मिसिल झिकाउने आदेश भएसँगै यस मुद्दाको सुनुवाइ प्रक्रिया थप अगाडि बढेको छ।









प्रतिक्रिया दिनुहोस् !