२५ कार्तिक,काठमाण्डाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
कात्तिक २५ गते (मंगलबार) उहाँलाई पदमुक्त गरिएको हो। मन्त्रिपरिषद्ले सोमबारको बैठकबाट सुवेदीलाई पदमुक्त गर्न र उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा 165 को उपधारा 1 (ख) बमोजिम सुवेदीलाई पदमुक्त गरिएको हो।
उनी मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर विवादमा आएकी थिइन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था देखिएपछि कात्तिक २२ गते राजीनामा घोषणा गरेका थिए।
त्यसपछि प्रदेश प्रमुख सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिँडेकी प्रदेश प्रमुख सुवेदीले सोमबार बिहानै महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएपछि उनी विवादमा तानिएकी थिइन्।









प्रतिक्रिया दिनुहोस् !