२४ कार्तिक,काठमाण्डाैं । भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको भीषण विष्फोटमा परेर कम्तीमा दश जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
दिल्लीको लालकिल्ला नजिकै पार्क गरिएको एउटा कारमा विष्फोट हुँदा घटनास्थलमै दश जनाको ज्यान गएको हो। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, विष्फोट लगत्तै कार आगोको ठूलो गोला बनेको थियो। त्यसबाट उठेका ज्वालाहरूले नजिकै पार्क गरिएका करिब सातदेखि आठवटा अन्य गाडीहरूलाई समेत आफ्नो चपेटमा लिएको थियो।
विष्फोटको सूचना पाउने बित्तिकै दिल्ली प्रहरीका टोलीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्। हालसम्म विष्फोटको कारण स्पष्ट हुन बाँकी छ। विष्फोटक पदार्थ प्रयोग भएको हो वा अन्य कुनै कारणले विष्फोट भयो भन्नेबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ।









प्रतिक्रिया दिनुहोस् !