२४ कार्तिक,बारा । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त भएकी छिन् । सरकारले उनलाई पदमुक्त गर्दैै नयाँ प्रदेश प्रमुखको रूपमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।
भण्डारीको मुख्यमन्त्री नियुक्तिसम्बन्धी पछिल्लो निर्णयलाई लिएर चर्को आलोचना भइरहेको थियो । उनले अस्वभाविक रूपमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो ।
घटनाक्रम: भण्डारीले मधेसबाट आफू बिरामी भएको र काठमाडौं जाने भन्दै हिँडेकी थिइन् । तर, उनी बर्दीबासमा आएर नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनको यो कदमले राजनीतिक वृत्तमा ठूलो असन्तुष्टि र आलोचना बढाएको थियो, जसको परिणामस्वरूप सरकारले उनलाई पदमुक्त गर्ने निर्णय लिएको हो ।
नेपालको संविधान अनुसार, प्रदेश प्रमुख राष्ट्रपतिबाट नियुक्त हुने र पदमुक्त हुने व्यवस्था छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चाँडै सुरेन्द्र लाभ कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस् !