२२ कार्तिक,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउने विषयमा संकट उत्पन्न भएको छ।
प्रदेश सभामा सत्ता पक्षका ५४ सांसद मात्रै उपस्थित भएको र नेकपा माओवादी केन्द्रका दुई प्रदेश सांसद (रहरवर अन्सारी र माला राई)ले सदनमै विद्रोह गरेपछि मुख्यमन्त्री सोनललाई आवश्यक बहुमत (५४ सिट) नपुग्ने स्थिति बनेको छ।
१०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ सिट आवश्यक पर्नेमा वर्तमान सत्ता गठबन्धनमा लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सिट थियो। तर माओवादीका दुई सांसदको विद्रोह र जनमतबाट जनस्वराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाहको अनुपस्थितिले सोनललाई बहुमत जुटाउन चुनौती भएको हो।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निर्णय गरे पनि मत दिने आश्वासन दिएकी संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी आज अनुपस्थित छिन्। विश्वासको मत नपाउने अवस्था देखिएपछि केहीबेरका लागि मत विभाजनको प्रक्रिया रोकिएको छ।









प्रतिक्रिया दिनुहोस् !