सृजा थापा
२२ कार्तिक,बारा । जिल्ला प्रशासन कार्यालय बाराले भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले शान्ति सुरक्षाका लागि कार्तिक २२ गते बेलुका ६ बजेदेखि कार्तिक २५ गते बेलुका ६ बजेसम्म नेपाल-भारत सीमा नाकामा आवागमन पूर्ण रूपमा बन्द हुने सूचना जारी गरेको छ।
उक्त निर्वाचन कार्तिक २५ गते (तदनुसार ११ नोभेम्बर २०२५) मंगलबारका दिन हुँदैछ।
नेपाल-भारत सीमा समन्वय बैठकको निर्णय तथा समाहरणालय पूर्वी चम्पारण, मोतिहारीको पत्रानुसार आकस्मिक सेवा बाहेकका सबै आवागमन बन्द रहने जानकारी बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा आज जारी गरिएकाे हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।









प्रतिक्रिया दिनुहोस् !