२१ कार्तिक,काठमाण्डाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ११:३० बजेसम्मका लागि स्थगित भएको छ।
असोज २८ गतेबाट सानेपामा जारी बैठकमा महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा चर्को विवाद भइरहेको छ।
आजको बैठकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रवक्ता डा. प्रकाशशरण महतसहित २० जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए।
बोल्ने केन्द्रीय सदस्यहरूमा गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाईँ, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशीला मिश्र भट्ट, नानु बास्तोला, गंगालक्ष्मी अवाल, गणेश लामा, डा. जीवन राना र सीता थपलिया (उर्मिला) रहेका छन्। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक आइतबार बिहान पुनः बस्नेछ।









प्रतिक्रिया दिनुहोस् !