१९ कार्तिक,काठमाणणडाैं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बुधवार डिल्लीबजार कारागार चलान भएका छन् ।
मङ्गलवार धुम्बाराहीबाट पक्राउ परेका शेर्पालाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको थियो र अदालतको पत्रसँगै उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीविरुद्धको बहुविवाहसम्बन्धी मुद्दामा अदालतले १ वर्ष जेल र ५ हजार जरिवाना तोकेको थियो । यसअघि बसेको एमाले सचिवालय बैठकमा सचिव योगेश भट्टराईले शेर्पाको यो मुद्दालाई सांस्कृतिक विचलनको विषय भन्दै उनलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग गरेका थिए ।









प्रतिक्रिया दिनुहोस् !