१६ कार्तिक,बारा । बारा जिल्लाको फेटा गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपाल, बाराका अध्यक्ष युवा नेता सद्दाम अन्सारीको सक्रिय पहलमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। यो सहयोगबाट शिक्षामा पहुँच बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
४० जना विद्यार्थी लाभान्वित
अध्यक्ष अन्सारीले फेटा गाउँपालिका वडा नं. ७, गम्हरिया स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ४० जना गरिब तथा असहाय विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन्। वितरण गरिएका सामग्रीहरूमा ब्याग, कपी, कलम, पेन्सिल, इरेजर र सार्पेनेर समावेश थिए।
दलित तथा विपन्न परिवारका छोराछोरीलाई सहयोग
स्थानीय बासिन्दाका अनुसार, युवा नेता अन्सारीले सो क्षेत्रका विपन्न, असहाय र दलित समुदायका छोराछोरीको शिक्षामा निरन्तर सहयोग गर्दै आएका छन्। यस किसिमको सहयोगले आर्थिक अभावका कारण पढाइ छाड्नुपर्ने अवस्था आउन नदिन महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।
एसएमसीको सहयोगमा कार्यक्रम सम्पन्न
शैक्षिक सामग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति (एसएमसी) को सहयोगमा सम्पन्न भएको अध्यक्ष अन्सारीले जानकारी दिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पप्पु सिंह, शिक्षक यारमहम्मद अंसारी, युवाहरू अकबर मिया, तुफान अन्सारी, जोखन साह, सन्दिप राम, प्रवेज अन्सारी, अर्जुन मिश्र लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।









प्रतिक्रिया दिनुहोस् !