१६ कार्तिक,काठमाण्डाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्ने भएको छ। शुक्रबार स्थगित भएको बैठक दिउँसो १ बजे बस्न लागेको हो।
आजको बैठकमा पार्टीको १५ औं महाधिवेशनको विषयमा छलफल गरिने मुख्य एजेन्डा रहेको बताइएको छ। यसअघिको बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको थियो।
महाधिवेशनको कार्यतालिकामा सहमति जुटाउनका लागि केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन्। शीर्ष नेताहरूको यस बैठकले सहमति खोज्ने प्रयास गर्नेछ।









प्रतिक्रिया दिनुहोस् !