१५ कार्तिक,बारा । प्रादेशिक अस्पताल कलैया, बाराले कुकुरले टोक्दा दिइने एन्टी-रेबिज भ्याक्सिन (ARV) को मौज्दात सकिएपछि मात्रै सार्वजनिक सूचना जारी गरेर चरम लापर्वाही देखाएको छ ।
जसले भुस्याहा कुकुरको बिगबिगी रहेको कलैयाका नागरिकको जीवन जोखिममा पारेको छ। अस्पतालले भ्याक्सिन सकिनुअघि नै आपूर्तिको लागि पहल गर्नुको सट्टा अभावको सूचना टाँसेर पन्छिने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठ्दै गर्दा, अत्यावश्यक औषधिको समयमै व्यवस्थापन गर्न नसकेको भन्दै मधेश प्रदेश आपूर्ति ब्यवस्थापन केन्द्र, जनकपुरधाम को कार्यशैलीमाथि स्थानियबासीले आक्रोश व्यक्त गरेका छन ।
जनताको जीवनरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा जिम्मेवार निकायले उदासीनता देखाउनु निन्दनीय भएकाले, नव-नियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले तत्काल ध्यानाकर्षण गरी कलैया अस्पतालमा ARV भ्याक्सिनको आपूर्ति सुनिश्चित गर्न र आपूर्ति व्यवस्थापन केन्द्रको जवाफदेहिता तय गर्न माग गरिएको छ।










प्रतिक्रिया दिनुहोस् !