ईर्साद अन्सारी
१२ कार्तिक,काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय कमिटी बैठक केही बेरअघिबाट काठमाडौंको मिराकल पार्टी भेन्यू, सुकेधारामा सुरू भएको छ। यो बैठक शुक्रबारसम्म चल्नेछ।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि हतारिएका छन्। उनले बैठकको सुरूवातमा विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कमिटी सदस्यहरूलाई ब्रिफिङ गरेका छन्।
तर, माओवादीसँगको एकताका विषयमा नेकपा एसभित्र ठूलो विवाद देखिएको छ। पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सहित ठूलो पंक्ति एकताको विपक्षमा उभिएको छ।
उनीहरूले माओवादी केन्द्रसँगको एकताभन्दा पनि पार्टीलाई पुनर्गठन गर्नुपर्ने विषयमा जोड दिएका छन्। यसरी नेकपा एसभित्र एकता र पुनर्गठनको विषयलाई लिएर अध्यक्ष नेपाल र अन्य वरिष्ठ नेताहरूबीच मतभेद देखिएको छ।









प्रतिक्रिया दिनुहोस् !