१२ कार्तिक,काठमाण्डाैं । भीषण चक्रवाती आँधी ‘मोन्था’ ले भारतको आन्ध्र प्रदेशमा भारी वर्षा र विनाश निम्त्याएको छ।
भारतको मौसम विभागका अनुसार यो आँधी मंगलबार साँझ ७ बजे आन्ध्र प्रदेशको काकीनाडा नजिकै जमिनसँग ठोक्किएको थियो र मंगलबार राति मछलीपट्टनम र कालींगपट्टनमबीचको क्षेत्र हुँदै दक्षिणतिर रहेको काकीनाडा पार गरेको थियो।
यसले मंगलबार साँझसम्म आन्ध्र प्रदेशका धेरै क्षेत्रमा भारी वर्षा गराएको थियो। सोमबार उत्तर तटीय आन्ध्र प्रदेशमा विनाश मच्चाएपछि वर्षाको गतिविधि अहिले दक्षिण तटीय आन्ध्र प्रदेशका एसपीएसआर नेल्लोर र प्रकाशम जिल्लातर्फ सरेको छ।
हाल यो आँधी केही कमजोर भएको छ, तर भारतीय मौसम विभागले गरेको संकेतअनुसार अब यो आँधी आन्ध्र प्रदेशको दक्षिणमा पर्ने तमिलनाडु वा बंगालको दक्षिणी समुद्री तटतर्फ सर्दैछ।









प्रतिक्रिया दिनुहोस् !