१० कात्तिक,बारा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ।
छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ।
ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य्य दिन्छन्।
बारा सदरमुकाम कलैयाकाे बरेवा स्थित छठियाघाट, रामजानकि छठियााघाट र सिद्वेश्वर स्थित छठियाघाट लगायत दर्जनौँ स्थानमा पूजास्थलको निर्माण गरिएको छ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ









प्रतिक्रिया दिनुहोस् !