९ कात्तिक,काठमाण्डाैं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिट गरेको अभियोगमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ का ४७ वर्षीय सानुकान्छा वाइबा पक्राउ परेका छन्। प्रहरी प्रभाग साँखुका अनुसार नियन्त्रणमा लिइएका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
यसैबीच, जेनजी आन्दोलनकै क्रममा लुटपाट भएको प्रहरीको हतकडी र त्यसको चाबीसहित एक जनालाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ छन्।
श्रेष्ठलाई कात्तिक ८ गते बेलुकी ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७, दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !