६ कार्तिक,काठमाण्डाैं । ललितपुर प्रहरीले धापाखेलबाट एक जना व्यक्तिलाई पेस्तोल र ठूलो नगदसहित पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति खोटाङ साकेला गाउँपालिका–१ का शिवकुमार बिक हुन्। उनलाई गएराति २ बजेर ५० मिनेटमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिए।
बिक हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्दै आएका थिए।
स्थानीयले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी खबर गरेपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले उनलाई शङ्काका आधारमा जाँच गरेको थियो।
सो क्रममा बिकको साथबाट एउटा म्याग्जिनसहितको चाइनिज पेस्तोल (गोली नभएको,) र नगद चार लाख अठहत्तर हजार रुपैयाँ र एक थान मोबाइल फोन बरामद भएको सूचना अधिकारी जोशीले बताए। बिकलाई हाल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !