५ कार्तिक,बारा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढ–चपुर सडकखण्डको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक आज बिहान यात्रुवाहक बसमा भीषण आगलागी भएको छ।
काठमाडौँबाट चपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७:२० बजे आगलागी भएको हो। प्रारम्भिक जानकारी अनुसार, बसको ब्याट्री सर्ट भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
बसमा आगो लागे पनि तत्कालै यात्रुहरू सुरक्षित स्थानमा ओर्लिएकाले कुनै पनि मानवीय क्षति भने भएको छैन। ईलाका प्रहरी कार्यालय चन्द्रपुरले दुर्घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरेको छ। विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !