४ कार्तिक,बारा । नेपाल पत्रकार महासंघ बाराका पूर्व उपाध्यक्ष राकेश पाण्डेसहित ७२ जनालाई बहुला कुकुरले टोकेर घाइते बनाएको छ। कलैया उपमहानगरपालिका ७ बरेवा क्षेत्रमा भएको यो घटनाले स्थानीयमा त्रास फैलाएको छ।
घाइतेमध्ये पत्रकार पाण्डेले वीरगञ्जस्थित नारायणी अस्पतालमा प्राथमिक उपचार गराई फर्किएका छन्। तर, अन्य ७१ जना घाइतेहरू पहिलाे उपचारबाट छन । कलैया प्रादेशिक अस्पतालमा रेबिजकाे भ्याक्सि भएपनि तत्कालै लगाउनुपर्ने सियाेबाट बन्चित भएकाछन । याे ईन्जेक्शन सरकारि अस्पतालमा निशुल्क पाएपनि कलैयामा नपाउदा बज्चित भएकाछन ।
घाइते भएलगत्तै पाण्डेले घटनाको जानकारी गराउन जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख (एसपी) सन्तोष तामाङलाई फोन गरेका थिए। पाण्डेका अनुसार एसपी तामाङले फोन उठाएनन्।
त्यसपछि पाण्डेले कलैया उपमहानगरपालिकाका प्रमुख (मेयर) विनोद साहलाई पनि टेलिफोन सम्पर्क गर्न खोजे तर उनको पनि फोन उठेन। अन्ततः, पाण्डेले बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता विजयराज पण्डितलाई फोन गरेर घटनाको जानकारी गराएका थिए।
यसै विषयमा प्रतिक्रिया दिँदै पाण्डेले भने, “यदि म घाइते हुनेबित्तिकै एसपी तामाङ वा मेयर साहले फोन उठाएको भए, तत्कालै सरोकारवाला परिचालन भई कम्तीमा ५० जना मानिस बहुला कुकुरको टोकाइबाट सुरक्षित हुने थिए।” उनले प्रहरी परिचालनमा ढिलाइ भएको गुनासो व्यक्त गरे।
याे समाचार तयार पार्दासम्म पनि बहुला कुकुर नियन्त्रणमा आउन सकेको छैन। पौने ९ बजेतिर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी पण्डितले कुकुर नियन्त्रणका लागि टोली परिचालन गरिएको जानकारी दिएका छन्, तर कुकुर फेला पर्न सकेको छैन।
यसैबीच, कलैया उपमहानगरपालिकाकाे वातावरण शाखाको टोली परिचालन गरेको बताएको छ। स्थानीयवासीले तत्काल बहुला कुकुर नियन्त्रण गरी घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरोकारवाला निकायसँग माग गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !