४ कार्तिक,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर तोडफोड तथा आगजनी गरेको आरोपमा सोनम थेवेलाई प्रहरीले पक्राउ गरेको छ। थेवे जेनजी (Gen Z) आन्दोलनका क्रममा भएको हुलहुज्जतपूर्ण गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, थेवेले असोज २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घरमा तोडफोड र आगजनी गरेका थिए। प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।
थेवे गुण्डा नाइके चक्रे मिलन समूहका सदस्य हुन्। उनी पटके गुण्डा समेत भएको र धुम्बराही क्षेत्रका व्यवसायीहरूलाई धाक धम्की दिई रकम असुल गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंको चक्रपथ र महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा पनि उनी सक्रिय रहँदै आएका थिए।









प्रतिक्रिया दिनुहोस् !