२ कार्तिक,सप्तरी । सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका महन्थ (पुजारी) को आज (आइतबार) बिहान गोली हानी हत्या भएको छ ।
प्रहरीका अनुसार ७३ वर्षीय पुजारी रामदुलार साहको करिब बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । प्रारम्भिक जानकारी अनुसार राति शौच (पिसाब) गर्न घर बाहिर निस्केको बेला उहाँमाथि गोली प्रहार भएको बताइएको छ ।
घटना भएको जानकारी पाउनेबित्तिकै स्थानीय बासिन्दाले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक डम्बर पुरीले घटनास्थलबाट गोलीका दुईवटा खोका भेटिएको जानकारी दिएका छन ।
घटनाको प्रकृति र हत्यामा संलग्न समूहबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस् !