२ कार्तिक,बारा । बाराकाे पथलैया नजिकै गए राति भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा परी दुई जना युवाको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुख बेदप्रकाश जोशीले दिएको जानकारीअनुसार, मृत्यु हुनेमा डुमरवाना नयाँबस्ती बस्ने २० वर्षीय साजन तामाङ रहेका छन्।
दुर्घटनामा ज्यान गुमाउने अर्का युवाको भने पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकको पहिचान खुलाउनका लागि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
दुर्घटना कसरी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !