१ कार्तिक,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग देशको समसामयिक सुरक्षा अवस्थाबारे छलफल गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा जारी रहेको उक्त छलफलमा विशेषगरी हालै सम्पन्न जेनजी आन्दोलनपछि देशमा देखिएको सुरक्षा अवस्था, शान्ति सुव्यवस्था कायम गर्ने चुनौती र आगामी चुनावको वातावरण निर्माण लगायतका विषयमा गहन छलफल भएको जनाइएको छ।
जेनजी आन्दोलनले मुलुकको सुरक्षा प्रणालीमा पारेको असर तथा भविष्यमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरूका बारेमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री र सुरक्षा प्रमुखहरूसँग विस्तृत जानकारी लिएको बुझिएको छ। साथै, घोषित निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक रणनीति र तयारीबारे पनि छलफल केन्द्रित रहेको स्रोतले बताएको छ।









प्रतिक्रिया दिनुहोस् !