२८ जेठ काठमाण्डौ / नुवाकोटको ककनीस्थित हाइटेन्सन प्रसारण लाइनमा चढेका व्यक्तिको नेपाली सेनाले उद्धार गरेको छ ।
विपद व्यवस्थापन टोलीसहित ककनी पुगेको हेलिकप्टरबाट ती व्यक्तिको उद्धार गरिएको सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पुष्टि गरे । बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका थिएनन् ।
उनको झण्डै १० घण्टापछि उद्धार भएको हो ।
प्रतिक्रिया दिनुहोस् !