३१ असाेज,काठमाण्डाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने यो बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही असोज २८ गतेदेखि सुरु भएको थियो । पहिलो दिनको बैठकबाटै सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर बिदा लिएका थिए ।
असोज २९ गते बुधबार भने कांग्रेसको बैठक बसेन । दोस्रो बैठक ३० गते बिहीबार बसेको थियो ।
दोस्रो बैठकमा सात जना नेताले आ-आफ्नो धारणा राखेका छन् । दोस्रो बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टीको नियमित महाधिवेशन तोकिएकै समयमा गर्नुपर्नेमा जोड दिएको बुझिएको छ ।









प्रतिक्रिया दिनुहोस् !