३० असाेज,जनकपुरधाम । मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आज (बिहीबार) पक्राउ गरेको हो।
जनता समाजवादी पार्टी (जसपा) का सांसद कुशवाहमाथि सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप लागेको छ। उनी यसअघि गत जेठमा पनि पक्राउ परेका थिए र त्यसबेला तारेखमा छुटेका थिए।
अख्तियारले उनलाई सांसद विकास कोषको रकम दुरुपयोगसम्बन्धी मुद्दा दर्ता प्रक्रिया अगाडि बढाउनका लागि पक्राउ गरेको बताइएको छ।









प्रतिक्रिया दिनुहोस् !