२८ असोज, काठमाडौं । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदीले स्वीकृत गरेसँगै मधेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।
प्रदेश प्रमुख सुवेदीले भोलि बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी छिन्। १०७ सदस्य प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्छ।
हाल मधेश प्रदेश सभामा नेकपा एमालेको २५, कांग्रेसको २२, जसपाको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको ९/९, एकीकृत समाजवादी पार्टीको ७, तथा नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक/एक जना सदस्य रहेका छन्।









प्रतिक्रिया दिनुहोस् !