२६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो एघारौं महाधिवेशन मंसिर अन्तिम साता आयोजना गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै, ‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ’ भने ।
यद्यपि, महाधिवेशन आयोजना गरिने स्थान र निश्चित मितिको टुंगो भने लाग्न बाँकी छ । त्यसको निर्णय आगामी केन्द्रीय कमिटी बैठकबाट गरिने पनि उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटी बैठक आगामी २९ गतेबाट बस्दैछ । सोही बैठकले महाधिवेशनको सम्पूर्ण तालिका र अन्य तयारीलाई अन्तिम रूप दिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस् !