२६ असाेज,काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार विज्ञप्ति जारी गर्दै महरालाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ ।
सीआईबीले महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको थियो । यो प्रकरणमा अनुसन्धान फाइल अघि बढ्न नसकेको भनी आलोचना हुँदै आएको थियो । यद्यपि, आइतबार उनलाई पक्राउ गरिएको हो ।










प्रतिक्रिया दिनुहोस् !