२६ असाेज,काठमाण्डाै । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । शनिबार स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली रुघाखोकीका कारण अस्वस्थ भएपछि शनिबारका लागि तय भएको बैठक स्थगित भएको थियो ।
केन्द्रीय कमिटीको बैठकका लागि एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको थियो । बैठकको पहिलो दिन नौ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
स्रोतका अनुसार, तीमध्ये छ जना पदाधिकारीले अध्यक्ष ओलीलाई वर्तमान नेतृत्वबाट पछि हट्न आग्रह गरेका छन् । उनीहरुले अहिलेकै नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने तर्क राखेका छन् ।
बाँकी पदाधिकारीले आजको बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । त्यसपछि केन्द्रीय कमिटीको एजेन्डाबारे निर्णय लिइने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस् !