Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

तिहारको तयारीमा शोक: सिम्रौनगढमा माटो खन्ने क्रममा पुरिएर दुईको ज्यान गयो, ६ जनाको उद्धार

admin
admin
October 11, 2025
सिम्रौनगढमा माटोको ढिस्को खस्दा दर्जनौं घाइते, २ जनाको अवस्था चिन्ताजनक

Oplus_16908288

700
SHARES
ShareTweetSubscribe

२५ असाेज,​बारा । तिहार र छठ पर्व नजिकिँदै गर्दा घर लिपपोतका लागि माटो खन्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बाराका अनुसार सनिबार बिहान अन्दाजी ८:५० बजे सिम्रौनगढ नगरपालिका वडा नं. ६ पानी ट्याङ्की नजिक रहेको इशरा पोखरीको डिलमा घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्को खसेको थियो।

घटनामा पुरिएका ६ जना मानिसहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको थियो। मृत्यु हुनेमा सिम्रौनगढ न.पा. ६ सानो इटवाल बस्ने दशरथ महतोको श्रीमती अन्दाजी ७० वर्षीया शारदा देवी महतोलाई प्रादेशिक अस्पताल कलैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

त्यस्तै, सिम्रौनगढ न.पा. ५ सानो इटवाल बस्ने राजेश्वर महतोको छोरा अन्दाजी १५ वर्षीय निरहुवा भन्ने सुनिल महतोलाई कलैया मेट्रो अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

घटनामा घाइते हुनेहरूमा सिम्रौनगढ कंकाली अस्पतालमा उपचाररत सिम्रौनगढ न.पा. ६ सानो इटवालका १४ वर्षीय साजन महतो, सिम्रौनगढ न.पा. ५ सानो इटवालका १५ वर्षीय नितेश महतो र सिम्रौनगढ न.पा. ५ सानो इटवालकी १४ वर्षीया रानी कुमारी महतो छन्।

रानी कुमारी महतोको बायाँ हात भाँचिएको र अवस्था मध्यम रहेको छ भने बाँकीको हातखुट्टा तथा टाउकोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। यस्तै, प्रादेशिक अस्पताल कलैयामा सिम्रौनगढ न.पा. ६ अमरपुरका १८ वर्षीय गौतम मुखियाको उपचार भइरहेको छ भने सिम्रौनगढ धर्मनगर अस्पतालमा सिम्रौनगढ न.पा. ५ सानो इटवालकी १४ वर्षीया सुशिला कुमारी महतो र १५ वर्षीय राजा बाबु शर्माको उपचार भइरहेको छ, जसमा राजा बाबु शर्माको ढाड र कम्मरमा चोट लागेको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा १४ जना र सशस्त्र प्रहरी बेस सिम्रौनगढबाट स.प्र.स.नि.को कमाण्डमा ७ जनाको टोली उद्धारका लागि खटिएको थियो। तराई मधेशमा पर्वहरू नजिकिँदै गर्दा घर लिपपोतका लागि खेत र पोखरीबाट माटो ल्याउने प्रचलन रहेको छ। मृत्ककाे प्रादेशिक अस्पताल कलैयामा शल्यकृया भईरहेकाे प्रहरले जनाएकाेे छ ।

Oplus_16908288
Post Views: 4
Previous Post

सिम्रौनगढमा माटोको ढिस्को खस्दा दर्जनौं घाइते, २ जनाको अवस्था चिन्ताजनक

Next Post

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै, ६ पदाधिकारीको ओलीलाई 'नेतृत्व छोड्न' आग्रह

admin

admin

Next Post
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै, ६ पदाधिकारीको ओलीलाई ‘नेतृत्व छोड्न’ आग्रह

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै, ६ पदाधिकारीको ओलीलाई 'नेतृत्व छोड्न' आग्रह

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.