२५ असाेज,काठमाण्डाैं । कैलालीको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवादले विभत्स रूप लियाे, जहाँ २८ वर्षीय केशरसिंह बुढाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार सुर्खेत चौकुने गाउँपालिका–३ घर भएका मृतक बुढा र हत्यामा संलग्न घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री स्थानीय खाजा पसलमा सँगै मदिरा सेवन गरिरहेका बेला विवाद भएको थियो।
विवादपछि धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटनालगत्तै हत्यामा संलग्न दुई जनाले मृतकको रेटिएको टाउको बोकेर राति नै इलाका प्रहरी कार्यालय सुखडमा पुगी आत्मासमर्पण गरेका थिए, जसपश्चात् प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।
अहिले शव घटनास्थलबाट नउठाइएको र सुर्खेतबाट मृतकका आफन्त आउने क्रममा रहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !