२४ असाेज,बारा । चाडपर्वको मौका छोपेर निकासी गर्न लागिएको २० लाख रुपैयाँ बराबरको पटाका र १४ लाख रुपैयाँ बराबरको राजस्व छलीको कपडा मकवानपुरको हेटौँडा-१५ रातोमाटेबाट बरामद भएको छ।
शुक्रबार बिहान वीरगंजबाट हेटौँडा तर्फ गईरहेकाे मधेश प्रदेश ०३–००१ च ९०२३ नम्बरको योद्धा गाडीबाट उक्त पटाका (जुन रातोमाटेस्थित चार्जिङ स्टेशन नजिकै बरामद भयो) र कपडा (१३० थान सारी, ६९६ थान कुर्था, र १७५ थान टप्स) बरामद भएपछि प्रहरीले रौतहट, वृन्दावन-९ का प्रदीप कुमार चौधरी र गरुडा-४ का विजय साहलाई मकवनपुर प्रहरिले नियन्त्रणमा लिएको छ।
श्राेतका अनुसार पटाका र राजस्व छलीको सामान पर्साकाे गण्डक प्रहरी चाैकी,परवानीपुर प्रहरी र बाराकाे ईलाका प्रहरि कार्यालय जितपुर,सिमरा, पथलैया,अमलेखगञ्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट परिचालन गरिएकाे क्राईम टाेलिका बिरिष्ट सई अरूण यादवकाे सेटिङमा आधा दर्जनभन्दा बढी सुरक्षा चौकी पार गरेर मकवानपुरसम्म पुग्नुले बारा प्रहरीको समेत मिलेमतोको आशङ्का गरिएको छ।
चाडपर्व नजिकिएसँगै भारतीय सीमा बजार रक्सौलबाट दैनिक उपभोग्य वस्तुको बहानामा सामान भित्र्याएर वीरगंज हुँदै हेटौँडासहित विभिन्न शहरमा पुर्याउने क्रम बढेको पाइएपछि मकवानपुर प्रहरीले निगरानी बढाएको छ ।
जसअन्तर्गत यसअघि बुधबार पनि बिलबिजकभन्दा बढी मालसमान बोकेको कन्टेनरसहित चालक हीरालाल प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएर २८ लाख ७० हजार रुपैयाँ बराबरको राजस्व छलीको सामान बरामद भएको थियो।









प्रतिक्रिया दिनुहोस् !