२४ असाेज,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक वातावरण तयार गर्नका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।
चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा सरकार र राजनीतिक दलहरूबीच संवाद हुन नसकिरहेको पृष्ठभूमिमा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका दलहरूलाई आज दिउँसो ४ बजेका लागि सर्वदलीय बैठकमा बोलाएका हुन्।
यसअघि, हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो। भेटमा राष्ट्रपति पौडेलले चुनावका लागि राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका थिए।
जवाफमा, प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र सोही अनुसार सरकारले पनि चुनावका लागि आवश्यक तयारी गरिरहेको बारे राष्ट्रपतिलाई जानकारी गराएकी थिइन्।
अहिले राष्ट्रपतिले बोलाएको यो सर्वदलीय बैठकलाई आसन्न चुनावलाई शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि दलहरूबीच सहमति जुटाउने प्रयासका रूपमा हेरिएको छ।









प्रतिक्रिया दिनुहोस् !