२८ जेठ काठमाण्डौ /नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्।
शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्। ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्। जानकारी पाएन लगत्तै माथिल्लो त्रिशुली थ्री ए र केही साना जल बिगुत आयोजनाको उत्पादन बन्द गरिएको छ ।
उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्। केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहनु भएको छ । खड्काले भने।
<span;>उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ।
<span;>स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो। उनलाई अहिले पोलबाट झर्ने प्रयास भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् !