२१ असोज, पर्सा । पर्साको पोखरिया लंगडी सडकखण्डमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५, भीखमपुर निवासी अन्दाजी ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन्।
पोखरिया नगरपालिका वडा नम्बर ३, बसतपुरमा राति करिब १०:३० बजेतिर मधेस प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक कुर्मीलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो हस्पिटल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।









प्रतिक्रिया दिनुहोस् !