२१ असाेज,काठमाण्डाैं । जेन – जी समूहको धम्कीपछि काठमाडौंका संवेदनशील क्षेत्रहरू, विशेषगरी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, मा मंगलबार बिहान ७ बजेदेखि प्रहरीको कमाण्डो टोली तैनाथ गरिएको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै आएको र आफूलाई हामी नेपालका संस्थापक बताउने सुदन गुरुङको नेतृत्वमा रहेको जेन-जी समूहले ‘सडकबाट देखाइदिने’ धम्की दिएपछि यो कदम चालिएको हो।
सोमबार राति प्रधानमन्त्रीको सरकारी निवासमा गृहमन्त्री अर्यालको उपस्थितिमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले समूहले कार्यालयमै आएर प्रहरीलाई धम्की दिएको भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्री सुशीला कार्कीले प्रहरीको मनोबल खस्किन नहुने भन्दै कमाण्डो टोली परिचालनको निर्देशन दिएकी थिइन्।
जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेपछि गुरुङको टोलीले धम्की दिएर बाहिरिएको बताइएको छ, जसपछि भएको छलफलका आधारमा परिचालन गरिएको टोलीलाई भीड नियन्त्रणका लागि चेतावनी दिनेदेखि बल प्रयोग गर्नेसम्मको अधिकार दिइएको छ।









प्रतिक्रिया दिनुहोस् !