२० असाेज,काठमाण्डाैं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले आफ्नै ५५ वर्षीया आमा राममाया कँडेलको घाँटी रेटेर विभत्स हत्या गरेका छन्।
गत भदौ २३ गतेको जेन्-जी प्रदर्शनका क्रममा संसद भवनअगाडि सुरक्षाकर्मीलाई हप्कीदप्की गरेको भिडिओका कारण सामाजिक सञ्जालमा ‘कमाण्डर’ भनी चिनिएका उनले हिजो साँझ घर पुगेपछि मादक पदार्थ र लागूऔषध सेवन गरी सुतिरहेका बुवालाई कुटपिट गर्दै आमालाई घिसारेर आँगनमा ल्याई तरबारले तीनपटक हिर्काउँदा पनि घाँटी नछिनेपछि चौंथोपटक हानेर शरीरबाट टाउको छुट्ट्याएको वडा नम्बर–५ का वडाध्यक्ष कुशबहादुर सिटौलाले बताएका छन्।
वडाध्यक्षले टाउको र शरीर डेढ मिटरको दूरीमा रहेको तथा हत्यामा प्रयोग भएको हतियार गुण्डागर्दी गर्नेहरूसँग मात्र हुने खालको रहेको बताएका छन्। यसअघि पनि ज्यान मुद्दा चलिसकेको यमबहादुरलाई घटनापछि घरबाहिरै बसिरहेको अवस्थामा राति साढे ९ बजे जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले पक्राउ गरेको छ भने शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको सिटौलाले बताएका छन्।









प्रतिक्रिया दिनुहोस् !