रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, मिलापत्रको बाटो खुल्यो

छानबिन न्यूज
पाठक संख्या 41
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२६ जेठ,बारा ।  जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सानो पाइला सहकारी ठगी प्रकरणमा लगाइएको संगठित अपराधको आरोप हटाउने आदेश दिएको छ ।

महान्यायाधिवक्ताको निर्णयअनुसार सरकारी वकिलहरूले दर्ता गरेको आरोपपत्र संशोधनको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मोहन सुवेदीको इजलासले उक्त आरोप हटाउन आदेश दिएको जिल्ला न्यायाधीवक्ता मोहनप्रसाद गुप्ताले जानकारी दिएका छन ।

यसअघि १ असार २०८२ मा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनामाथि ५ करोड ७४ लाख रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेकोमा, अहिले संगठित अपराधको कसुर हटेसँगै आरोपित र पीडित पक्षबीच मिलापत्र गरेर मुद्दा फिर्ता लिने कानुनी बाटो खुला भएको छ ।

प्रतिक्रिया
शेयर