धनसर पुलमा ठूलो दुर्घटना: पेट्रोल ट्याङ्कर जलेर खरानी, चालक सकुशल (भिडियाे सहित)

छानबिन न्यूज
पाठक संख्या 29
1 Min Read
Oplus_16908288

२१ साउन,बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसर पुल नजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनामा पर्दा भीषण आगलागी भएको छ। आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएपछि आगलागी भएको हो। दुर्घटनालगत्तै ट्याङ्करमा लागेको आगोले केहीबेर घटनास्थल तनावग्रस्त बनेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनामा चालक भने सकुशल रहेका छन्। आगो नियन्त्रणमा लिएपछि केही समय अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्ग पुनः सञ्चालनमा आएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
शेयर