सिमेन्टको बोराभित्र लुकाइएको २०७ केजी गाँजा बरामद, एक जना पक्राउ

छानबिन न्यूज
पाठक संख्या 24
1 Min Read
Oplus_16908288

२० साउन,बारा । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा सिमेन्टको बोराभित्र लुकाएर ओसारपसार गरिएको २०७ किलोग्राम गाँजा बरामद गरिएको हो।
प्रहरीले गाँजा बोकेको प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप नियन्त्रणमा लिएको छ। साथै पिकअप चालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा र पिकअप नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया
शेयर