महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

छानबिन न्यूज
पाठक संख्या 27
1 Min Read
Oplus_16908288

१९ साउन,बारा । महोत्तरीको गौशाला नगरपालिका–९ स्थित डुमरवाना भित्री सडकखण्डमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ७ः३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन शारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि बिके अस्पताल, गौशाला तथा स्थानीय मेडिकलमा पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
शेयर