काठमाडौं । रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा गएको भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरीवाङ आसपास रहेको थियो।
भूकम्पको धक्का रोल्पासहित आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको थियो। हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ।
प्रतिक्रिया


