गोली चलाएर जेनजी आन्दोलनको आपराधिक घटनामा संलग्न व्यक्ति पक्राउ

छानबिन न्यूज
पाठक संख्या 46
1 Min Read
Oplus_16908288

१७ साउन,काठमाण्डाैं । जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–चुनिखेल क्षेत्रमा कर्मा लामालाई पक्राउ गर्ने क्रममा घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा लामाले प्रहरीमाथि दुर्व्यवहार तथा प्रतिरोधको प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो। गोली उनको घुँडामुनि लागेको छ।

घाइते लामाको हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
शेयर