सबैलाको रघुनाथपुरमा हत्या, घटनाको अनुसन्धानमा जुट्यो प्रहरी

छानबिन न्यूज
पाठक संख्या 38
1 Min Read
Oplus_16908288

१५ साउन, बारा  । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

हत्या हुनेमा धनुषाको हँसपुर नगरपालिका–३ मलहनिया निवासी करिब ४५ वर्षीय बन्ठु राउत गडेरी रहेका छन्। उनी रघुनाथपुरस्थित हनुमान मन्दिरमा राति बस्दै आएका थिए।

प्रहरीका अनुसार गएराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा गडेरीको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। हत्या कसले र किन गरेको भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Oplus_16908288
प्रतिक्रिया
शेयर